धेरै वर्षदेखि हामी विभिन्न मोडलको फोन देख्दै आएका छौं । चाहे त्यो फ्लिप फोन होस वा स्लाइड आउट फोन । धेरै फोनहरु धेरै हदसम्म उस्तै देखिन्छ । फरक यती हून्छ, कुनै फोनको बटन एकातिर हुन्छ भने केही फोनको अर्कोतिर । तर कयौं पटक फोनको महत्वपूर्ण क्षेत्रमा हामी सोच्दैनौ । तपाईले पनि यीतो कुरामा ध्यान दिनु भएको छैन होला ।
के तपाईले कहिले फोनको साइडमा राखिएको लाईन देख्नुभएको छ । यदि छ भने यो के हो भन्ने तपाईलाई थाहानै होला । यदि छैन भने आज हामी तपाईलाई बताउन गइरहेका छौं।
फोनको साइडमा राखिएको यो लाईनको अर्थ के हो ?
फोनको साइडमा राखिएको यो लाइनको अत्यान्त ठूलो महत्व रहेको छ । यो एक किसिमको एन्टेना लाईन हो । आजकल कयौं फोनमा यो लाइन राख्न थालिएको छ । यो लायनले वास्तवमा सानो झ्यालको रुपमा काम गर्छ। तर यो प्रकाशका लागि नभएर रेडियो वेव्सका लागि हुने गर्छ । तपाईको फोनमा इन्टरनल ब्लुटुथ, वाईफाई र एलटीई । फाइभ–जी एन्टिनाबाट जुन वेब्स आउछ यसले तपाईको फोनलाई इन्टरनेटसँग जोड्छ । यो इलेक्ट्रोम्याग्नेटिक वेवसाईत हो । यसले तपाईको फोनलाई एक वास्तविक संचार डिभाइस बनाउछँ ।
यद्यपी सबै फोनलाई यी लाइनको आवश्यकता पर्दैन । जुन फोन पहिलेनै प्लास्टिकबाट बनेको हून्छ , यसले रेडियोवेब्सलाई अत्यान्त पारदर्शी हून्छ । यसै किसिमले सिसाले रेडियो वेब्सलाई अनुमती दिन्छ । तर यो प्लास्टिकको जस्तो सहज हुदैन ।
अब कुरा गरौं ग्लास बैंक भएको फोन जसमा धेरै धातुको फ्रेम हुन्छ । यसमा अझै पनि केही साना एन्टिना लाईन हुन्छ । एन्टिना लाईन फोन डिजाइनका लागि कुनै जादुको छडी होइन । तर यो तपाईको हातबाट अवरोध पुग्यो भने तपाइलाई नेटवर्क वा इन्टरनेट प्राप्त गर्नमा समस्या आउन सक्छ ।
यदि पु.न तपाइलाई एक मजबुत इन्टरनेट कनेक्सन प्राप्त भएन भने र फोनमा यो छोटो लाइन प्राप्त भयो भने यसलाई नढाक्न सुनिश्चित गर्नु आवश्य छ । यही एक यस्तो चिज हो, जसले तपाईको फोनलाई क्यालकुलेटर भन्दा कयौ बढी कमा गर्न सक्ने डिभाइसको रुपमा परिणत गर्छ ।
साभार रातोपाटी
